वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
यस कार्यालयको स्थापना हुनु अगाडी यस स्थानमा हिमाल सिमेन्ट कारखाना नेपाल सरकारको मातहतमा संस्थानको रुपमा रहेको थियो। वि.सं. २०५८ साल पुस ५मा मन्त्रिपरिषद्ले प्रदूषण फैलाएको ठहरसहित कारखाना बन्दको निर्णय गरेको थियो।
दुई सय बीस रोपनीमा बन्दरगाह निर्माण भएको यस बन्दरगाहमा ५ सय कन्टेनर राख्न सकिने सुविधा छ । पाँचवटा ब्लकको गोदाम रहेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँचक्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।
बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएका छन् । विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको यस चोभार सुक्खा बन्दरगाहको संचालन वि.सं. 2078 साल चैत्र 22 गते देखि भएको हो । हाल यसको संचालन तथा व्यवस्थापनको जिम्मा ट्रान्सनेपाल टि.आर.एस. लोजिपार्क प्रा.लि. ले लिएको छ ।